बलिउड रजनीकान्तलाई पक्राउकाे माग

  

माघ १६, भारत ।  भारतका दिग्गज कलाकार रजनीकान्तले हालै चर्चित सर्भाइभल शो ‘म्यान भर्सेस वाइल्ड’को सुटिङका लागि चर्चा बटुलेका थिए । हलिउडका कार्यक्रम प्रस्तोता बेयर ग्रिल्सको शोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि देखिएका थिए अब रजनीकान्त पनि यो कार्यक्रममा देखिने भएका छन् । 

रजनीकान्त स्टारर एपिसोडको सुटिङ कर्नाटकको बान्दीपुर नेशनल पार्कमा भयो । यद्यपि, यो कुरा केही अभियानकर्तालाई मन परेन । यी व्यक्तिले रजनीकान्तको शोको सुटिङमाथि आपत्ति जताएका छन् । यतिमात्रै होइन, उनीहरुले रजनीकान्तलाई चाँडोभन्दा चाँडो पक्राउ गर्न पनि माग राखेका छन् । 

Related image

किन यस्तो ? 

बान्दीपुर नेशनल पार्कमा एउटा टाइगर रिजर्व पनि छ । यसै कारण यी अभियानकर्ताहलाई कार्यक्रमको सुटिङसँग समस्या भएको हो । बान्दीपुर नेशनल पार्कमा बस्ने जनावरलाई खतरा हुनसक्छ भन्दै आफूहरुलाई डर भएको उनीहरुको भनाई छ । 

यतिमात्रै होइन, सुख्खा मौसमका कारण यो नेशनल पार्कमा आगलागी पनि हुनसक्ने जसमाथि नियन्त्रण पाउन मुश्किल हुने भन्दै उनीहरुले आपत्ति जताएका छन् । एक अभियानकर्ताका अनुसार यो एपिसोड आजकालको सुख्खा मौसममा भन्दा मनसुनको समयमा पनि सुट हुन सक्थ्यो । 

रजनीकान्तलाई लाग्यो चोटः 

स्मरण रहोस्, रजनीकान्तले अहिलेसम्म यसबारे कुनै टिप्पणी गरेका छैनन् । म्यान भर्सेस वाइल्सको सुटिङको क्रममा रजनीकान्त घाइते भएको पनि खबर आइरहेको थियो । जबकी रजनीकान्तले त्यस्तो केही ठूलो नभएको र आफूलाई सानो चोट लागेको भनेर स्पष्टिकरण दिएका थिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *