एउटा फिल्म गरे बापत बिजयले लिए १०० करोड पारिश्रमिक

  

पुस २२, काठमाडौँ । तमिल फिल्मका सुपरस्टार बिजयले एउटा फिल्म गरे बापत १०० करोड पारिश्रमिक लिएर नायक रजनीकान्तको रेकर्ड तोडेका छन् ।   

पछिल्लो समय सुपरहिट फिल्म दिएका विजयले  ‘थलपथी ६५’ नामक फिल्म गरे बापत  १०० करोड  पारिश्रमिक लिएको भारतिय मिडियाले जनाएका छन् ।  यस चलचित्र  भन्दा अघी  मेगास्टर रजनीकान्तले फिल्म ‘दरबार’को लागि ९० करोड पारिश्रमिक लिएका थिए । 

विजयको लागि  १०० करोड तिरेका निर्माताले  यसबारे अहिलेसम्म आधिकारिक घोषणा भने गरेका छैनन् ।  उनले उक्त फिल्मको लागि सन पिक्चर्ससँग एक सय करोडमा सम्झौता गरेको खबर बाहिरिएको छ ।  विजयलाई सन पिक्चर्सले ५० करोड दिइसकेको खबर समेत सार्वजनिक भएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *