हाम्रा मुद्दा सम्बोधन भए सरकारलाई समर्थन गछौं : संयोजक राय

माघ १४, काठमाडौं । राष्ट्रिय जनता पार्टी( राजपा) अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले सरकारलाई बारम्बार सहयोग गर्दा पनि आफुहरुले उठाएको मुद्दाको सुनुवाइ नभएमा आक्रोश पोखेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै संयोजक यादवले संविधन बनेको लामो समय भइसक्दा पनि नागरिकता लगाएतका विषयमा संविधान सम्सोधन हुन नसकेर लाखौं नागरि गैर नागरिक भएर बस्नु परेको जिकिर गरे ।
उनले संविधान अपूर्ण रहेकोले त्यसलाई पूर्णता दिन संशोधन गर्नुपर्ने आफ्नो पार्टीमाग रहेको दोहोर्याए । सरकारलाई समर्थन गर्नको लागि आफ्नो पार्टीले अघि सारेको माग र मुद्दाको सुनुवाइ गर्नुपर्ने यादवको भनाइ छ ।
आफ्ना पार्टीको नेतामाथि लगाइएको मुद्दा खारेज गर्न माग गर्दै भने ‘हामी सरकारलाई समर्थन दिन तयार छौं, सरकारले कति दिन हाम्रो समर्थन चाहन्छ ? तर हाम्रो मुद्दा संबोधन हुनुपर्यो, माननीय रेशम चौधरी छुट्नुपर्यो ।’









