आफ्नो जन्मदिन एसिड पिडितसँग मनाउने बलिउड अभिनेत्री दिपिकाको योजना

पुस १८, भारत । भारतीय नायिका दिपिका  पादुकोणले आफ्ना जन्मदिन एसिड पीडितहरुसँग मनाउने योजनामा गरेकी छिन् । 

हाल छपाक’ को प्रमोसनमा व्यस्त रहेकी  नायिका दिपिकाले आफ्नो ३४ औं जन्मदिन एसिड पीडितहरुसँग मनाउनो योजना बनाएकी हुन् । 

यही ५ जनावरीमा जन्मदिन परेकी दिपिकाले  एसिड पिडितले संचालन गर्दै आईरहेको खनऊको शीरोज क्याफेमा आफ्नो जन्मदिन मनाउन लागेकी हुन् । यसका साथै उनले आफ्नो जन्मदिनमा लखनऊमा केहि एसिड पिडितहरुसँग भेटघाट गर्ने बताईएको छ । 

Image result for दीपिका पादुकोण

मेघना गुलजारले निर्देशन गरेको चलचित्र ‘छपाक’ एसिड पीडित लक्ष्मी अग्रवालको  जीबनमा घटेको घटनालाई चलचित्रमा उतारिएको छ । जहाँ नायिका दिपिकाले एउटा एसिड पीडितको भूमिका निर्वाह गरेकी छिन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *