उखु किसानद्वारा सरकारलाई माघ ७ गते सम्मको अल्टिमेटम

पुस १७, काठमाडौँ । आन्दोलनरत उखु किसानहरुले सरकारलाई माघ ७ गते सम्मको रकम भुक्तानीको अल्टिमेटम दिएका छन् ।
अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी भएपछी किसानहरुले आफ्नो सम्पूर्ण बाँकी रकम माघ ७ गतेभित्र भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिएको हो
बुधबार सरकारले उखु किसानहरुसँग माघको पहिलो साताभित्र सम्पूर्ण रकम भुक्तानी गर्ने मौखिक प्रतिवद्धता गरेका थिए । तर किसानहरुले पुस २५ गतेभित्र ८० प्रतिशत र माघ पहिलो साताभित्र बाँकी २० प्रतिशत रकम भूक्तानी दिने सरकारको प्रतिवद्धता लिखित रुपमा आउनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् ।

किसानहरुले बाँकी रहेको सम्पूर्ण रकम माघ ७ गतेभित्र भूक्तानी नभए देशव्यापी आन्दोलन गर्ने समेत चेतावनी दिएका छन् ।
यसअघि पनि सरकारसँग किसानहरुको बारम्बार सम्झौता भएपनि कार्यान्वयनमा नआएपछी लिखित रुपमै प्रतिवद्धता माग गरेको किसानहरु बताउँछन् ।








