श्रीपञ्चमीको अवसर पारेर ‘मन परेसी’ काे शुभमुर्हूत

माघ १६, काठमाडौँ । बिहिबार श्रीपञ्चमीको अवसर पारेर चलचित्र  ‘मन परेसी’ को काठमाडौँको भद्रकाली मन्दिरमा पूजा गर्दै  शुभमुर्हूत गरिएको छ ।   

शुभमुर्हूतमा चलचित्रकी नायिका पुजा शर्मा, नायक आकाश श्रेष्ठ र रविन्द्र झा, डेब्यु अनुहार मोनालिसा खतिवडा, प्रस्तुतकर्ता रघु परियार, लेखक तथा निर्देशक रुपेश थिङ्ग तामाङ्ग र वितरक करण श्रेष्ठ सहितको उपस्थिती रहेको थियो ।   

भद्रकाली मन्दिरमा पुजा र आकाशले स्क्रिप्टको पूजा गर्दै सफलताको कामना गरे । प्रेमकथा र एक्सन जनरामा निर्माण हुने बताईएको यस चलचित्रको छायाँकन भने माघ तेस्रो साताबाट सुरु हुने जनाइएको छ ।   

नायिका पुजा शर्माले फिल्मको स्क्रिप्ट मन परेको बताउदै भनिन्, ‘फिल्म गर्न पहिलो कुरा स्क्रिप्ट राम्रो हुनुपर्छ । स्क्रिप्टले मन छोएपछि मैले फिल्म गर्ने गरेकी छु ।  स्क्रिप्टलाई पर्दामा देखाउदा राम्रो गर्ने प्रयास सबैको हुन्छ । यसमा पनि कथासंगै लभ स्टोरी र रिभेन्ज छ । यसमा हामीले देखिरहेको कथा पनि छ ।’ 

चलचित्रमा अमृत थिङ तामाङ कार्यकारी निर्माता र दिनेश शाही र चक्र पाख्रिन तामाङ निर्माता रहेका छन् ।  हरि घले लामाको छायाँकन रहेको यस चलचित्रमा राजु तामाङको द्वन्द्व र रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहने बताईएको छ ।   

अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने, श्रीकृष्ण बर्देवाको संगीत रहने फिल्मको माघ तेस्रो साताबाट छायाँकन सुरु हुने बताइएको छ । रिच इन्टरटेनमेन्टले वितरण गर्ने यस चलचित्रलाई आगामी तीजमा  प्रदर्शनमा ल्याउने तयारी रहेकाे छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *