नौ दिनमा अक्षयको फिल्म ‘गुड न्यूज’को व्यापार एक सय ४७ करोड

पुष २०, काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले बक्सअफिसमा उत्कृष्ट व्यापार गरिरहेको छ। फिल्मले भारतीय बक्सअफिसमा नौ दिनमा १ सय ४७ करोड कमाइ गरेको छ। 

डिसेम्बर २७ शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले उत्कृष्ट व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले जानकारी दिएका छन्। 

पहिलो दिन शुक्रबार १८ करोड ५६ लाखको व्यापार गरको चलचित्रले दोस्रो दिन शनिबार २१ करोड ७८ लाख, तेस्रो दिन आइतबार २५ करोड ६५ लाख र चौथो दिन सोमबार १३ करोड ४१ लाखको व्यापार गरेको थियो। 

यस्तै चलचित्रले पाँचौँ दिन मंगलबार १६ करोड २० लाख, छैठौँ दिन बुधबार २२ करोड ५० लाख र सातौँ दिन बिहीबार १० करोड ८० लाख व्यापार गरेको थियो। 

यसैगरि दोस्रो शुक्रबार ८ करोड १० लाखको व्यापार गरेको चलचित्रले दोस्रो शनिबार ११ करोड ७० लाखसहित कुल १४७ करोड ७० लाखको व्यापार गरेको तरणले ट्वीट गरेर जानकारी दिएका छन्। 

राज मेहताको निर्देशनमा बनेको चलचित्रमा अक्षय कुमारका साथै दिलजीत दोसाँझ, करिना कपूर र कियारा आडवाणीको मुख्य अभिनय रहेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *