एक श्रद्धालुले मन्दिरलाई ३५ किलो सुन दान गरेपछी…

माघ १६, मुम्बई । मानिसहरु पुण्य कमाउनका लागि दान गर्दछन् । तर के कसैले पुण्य कमाउने नाममा ३५ किलो सुन दान गर्न सक्छ रु भारतमा एक भक्तजनले मन्दिरका लागि ३५ किलो सुन दान गरेका छन् । 

दिल्लीका ती श्रद्धालुले हालै मुम्बईको सिद्धिविनायक मन्दिरलाई ३५ किलो सुन दान गरेका हुन् । 

मन्दिरको २१९ वर्षको इतिहासमा एकै व्यक्तिले यतिधेरै परिमाणमा धन दान गरेको यो पहिलो पटक हो । मन्दिर व्यवस्थापन अधिकारीहरुका अनुसार सिद्धिविनायक मन्दिरमा १५ देखि १९ जनवरीसम्म मर्मत तथा सिन्दुर लेपनको काम गरिएको छ । 

उक्त मन्दिरको ट्रस्टका अध्यक्ष आदेश बांदेकरले जनाए अनुसार दानमा प्राप्त भएको ३५ किलो सुनलाई मन्दिरको ढोका, छाना, गजुरलगायतमा प्रयोग गरिएको छ । 

मन्दिर व्यवस्थापन समितिले ३५ किलो सुन दान गर्ने व्यक्तिको परिचय खुलाएको छैन । 

बांदेकरका अनुसार सन् २०१७ मा मन्दिरलाई कुल ३२० करोड रुपैयाँ बराबर दान प्राप्त भएको थियो । सन् २०१९ मा ४१० करोड रुपैयाँ दान प्राप्त भएको जनाइएको छ । यो मन्दिर १९ नोभेम्बर १८०१ मा निर्माण भएको थियो । त्यतिबेला सानो आकारमा रहेको मन्दिर हाल भौतिक संरचना विकास गर्दै ठूलो बनाइएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *