जस्टिनले सेलेनामाथि शोषण गरेको खबर सार्वजनिक

माघ १६, काठमाडौँ । अमेरिकाको चर्चित पप गायक जस्टिन बीबरले पूर्व प्रेमिका गायिका सेलेना गोमेजमाथि शोषण गरेको खबर सार्वजनिक भएको छ ।   

जस्टिनले सम्बन्धमा रहँदा आफूलाई शोषण गरेको खबर सेलेना आफैले सार्वजनिक गरेकी हुुन् ।  उनले  जस्टिनसँगको सम्बन्धमा भावनात्म शोषण भएको बताएकी छिन् ।   

सीएनएन डट कमको एक रिपोर्टको अनुसार पोर्टल एनपीआरसँगको साक्षात्कारमा सेलेनाले जस्टिनसँगको सम्बन्धमा भएको खटपट र २०१८ मार्चमा उनीसँगको ब्रेकअपको बारेमा चर्चा गरेकी थिइन् । 

Image result for justin with selena

सेलेनाले भनिन्, ‘मलाई त्यही कुराबाट हिम्मत जुटेको थियो । एकजना पीडित मानसिकतालाई लिएर हिँडिरहनु निकै खतरनाक हुन्छ । र अपमानित भएको महसुस नगरी भन्न चाहान्छु कि म दुर्व्यवहारको सिकार भएकी थिए ।’ 

‘ तपाईं भावनात्म शोषणको सिकार हुनुभएको हो त ?’ भन्ने प्रश्नको जवाफमा उनले भनिन्, ‘हो, मेरो गीत ‘लुज यु टु लव मी’ पनि बीबरसँगको विछोडको पीडापछि नै गाएकी हुँ । तर  मलाई यसमा निकै गर्ब छ ।’ 

उनले  भनिन्, ‘यो गीतले मेरो लागि बेग्लै अर्थ राख्छ । मलाई लागेको थियो मेरो जीवनमा सबै कुराहरु सम्मानपूर्वक समाप्त भएन र मैले त्यसलाई स्वीकार पनि गरेकी थिए । तर, मलाई थाहा छ केही कुराहरु यस्ता थिए जुन मैले पहिल्यै भन्नुपर्ने थियो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =