तीन लाख घुस रकम सहित सडक डिभिजन कार्यालय लहानका निमित्त डिभिजन प्रमुख पक्राउ
२०७६ पुस १९ गते

पुस १९, लाहान । सडक डिभिजन कार्यालय लहान सिराहाका निमित्त डिभिजन प्रमुख विनोद साहलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
रूपनी राजविराज कुनौली सडक आयोजना निर्माणको अन्तिम विल भुक्तानी लिने क्रममा विभिन्न बाहना बनाई तीन लाख रूपैयाँ घुस लिएकाे भन्दै शाहलाइ रंगेहात नियन्त्रणमा लिइएको हो।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिइरहेको भन्ने सूचनाका आधारमा आयोगको बरुदिवास कार्यालयबाट खटिएको टोलीले साहलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेका हुन्।
null
कार्यालय प्रमुख आवास भवनभित्र बैठक कक्षबाट साहलाई नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ। साहलाई शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।
२०७६ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित








