पुस २७ गते गोरखाका चार स्थानीय तहमा सार्वजनिक बिदा

पुस २५, गोरखा । गोरखाका तत्कालीन राजा पृथ्वी नारायण शाहको २९७ औं जन्मजयन्तीका दिन अर्थात् पुस २७ गते गोरखाका ४ स्थानीय तहले सार्वजनिक बिदा दिने भएकाे छ । 

स–साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबिसे राज्यहरूलाई एकिकरण गरी सिंगो देश नेपाल बनाउने राष्ट्रनिर्माता शाहको जन्मजयन्तीमा सदरमुकामसमेत रहेको गोरखा नगरपालिका, पालुङटार नगरपालिका, भीमसेन थापा गाउँपालिका र सिरानचोक गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।   

शाहले राज्यविस्तार गरी नेपाल एकीकरण गरेकाले उनको कदर गर्दै बिदा दिएको स्थानीय तहहरुले जानकारी गराएका छन् ।   

विगतमा सरकारले पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा सार्वजनिक बिदा दिने गरेको थियो । तर २०६२/६३ को जनआन्दोलनपछि बिदा दिन छोडिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 18 =