टेली नायक कुशल पंजाबीले आत्महत्यापछी खाेले उनकाे श्रीमतीले यस्ताे रहस्य

पुस २२, भारत ।  टिभी नायक कुशल पंजाबीको आत्महत्याको ९ दिनपछि उनकी श्रीमती आन्द्रे डोल्हनले पहिलो पटक उनीबारे मुख खोलेकी छिन् । उनले कुशललाई एक लापरवाह पिता र सम्बन्ध निभाउन असफल बताएकी छिन् । 

उनले कुशललाई शंघाइमा सँगै बस्नका पनि आग्रहसमेत गरेको जानकारी दिइन् । यसका साथै उनले कुशलको खर्च सबै आफैंले व्यवहोरेको पनि बताइन् । एक अन्तर्वार्तामा उनले भनेकी छिन्, ‘मलाई थाहा छैन कि यसका लागि मलाई किन आरोप लगाइँदैछ ।’ 

उनले कुशल आफ्नो परिवारको विषयमा सिरियस नभएको पनि आरोप लगाइन् । अन्तर्वार्ताको क्रममा उनले भनिन्, ‘उनी लापरवाह पिता थिए र उनले कहिले पनि आफ्नो छोराको भविष्यबारे सोचेनन् । मैले किआनलाई आफ्नो पापासँग कुरा गर्न कहिल्यै रोकिनँ । मैले त उनलाई सँगै बस्न बोलाएको पनि थिएँ तर उनले रुची देखाएनन् । यहाँसम्म कि मैले उनको खर्चबारे पनि ध्यान दिएँ ।’ 

Related image

स्मरण रहोस्, चेतन हंसराजले यसअघिको बयानमा उनको साथी कुशल श्रीमतीसँग अलग्गिएको र काम नपाएका कारण डिप्रेशनमा भएको बताएका थिए । 

३७ वर्षका कुशल पंजाबीले २६ डिसेम्बरमा आत्महत्या गरेका थिए । उनी आफ्नो घरमा सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएका थिए । २७ डिसेम्बरमा कुशलको अन्तिम संस्कार मुम्बईमा गरिएको थियो । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *