कन्सर्ट हल पनि भएकाे सुनै सुनले बनेको संसारकै मंहगाे बिमान

माघ १ ।  मानिसहरु समयको सदुपयोग गर्दै चाँडोभन्दा चाँडा गन्तव्यमा पुग्न हवाइजहाजको प्रयोग गर्छन् । विमानको विषयमा विभिन्न रोचक घटनाहरु सार्वजनिक भइरहँदा केही विषय थाहा हुन सक्छन् र केही नहुन पनि सक्छन् । 

सुनै सुनले बनेको विमानको विषयमा चर्चा भइरहेको छ । त्यसो त विमान नै सुनले बनेको छ भने त्यसको मुल्य निकै महँगो हुने नै भयो । संसारकै महँगो विमान भएको दाबी गरिएको यो विमानको मुल्य पाँच सय मिलियन डलर रहेको बताइन्छ । 

बिमानका मालिक हुन साउदी अरबका प्रिन्स अलवालिदविन तलाल। उनले बिमानलाई आफ्नै तरिकाले डिजाईन गर्न लगाएका हुन् । बाहिर सुनौलो देखिने विमानको भित्री भाग पनि पूरै सुनले नै बनाइएको जनाइन्छ । 

विमानभित्र एउटा कन्सर्ट हल पनि रहेको छ। जहाँ यात्रुहरुले कुनै फङ्सन गर्न सकुन भन्ने हेतुले उनले विमानभित्र कन्सर्ट हल बनाउन लगाएका हुन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *