एउटा यस्तो कुकुर जसले गर्यो बाघले गर्ने काम

पुस २३, काठमाडौं । नेपालमा मात्रै होईन छिमेकी मुलुक भारतमा पनि बाँदरले किसानहरुलाई हैरान पारेका छन् । नेपालमा त अहिले जस्ले बाँदर धपाउँछ उसैलाई भोट दिन्छौ भन्ने जनताहरु पनि आइसकेका छन् । किसानहरुले बाँदरबाट बाली जोगाउन अनेक उपाय अपनाउने गर्छन । अहिले त स्थानीय सरकारहरुले समेत बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाउदै आएको छ । 

नेपालमा प्रचलनमा रहेको तरिका भनेको खेतबारीमा मान्छेको आकृति भएका नमुनाहरु राख्ने गरिन्छ । तर बाँदरबाट आजित भारतको कर्नाटकका एकजना किसानले बाँदर थपकाउन लगाएको उपाय सबैका लागि अनौठे हुनसक्छ । ती किसानले बाँदरबाट आफ्नो अन्न बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएको खबर अहिले बाहिर आएको छ । 

यहाँ कुरा उठ्न सक्छ कुकुरलाई बाघ कसरी बनाउन सकिन्छ रु तर ती किसानले गज्जबको आइडिया लगाए । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिए । जसकारण त्यो कुकुर हेर्दा ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ । खुसीको कुरा त के भने यो ‘बाघ’ आइडियाले निकै काम पनि गरेको छ । बाघ बनाइएको यो कुकुरबाट बाँदर तर्सिन थालेको छन् । 

कुकुरलाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरु खेतको आसपास आउन समेत डराएको उनी बताउँछन् । ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् । यसको प्रतिकृयामा कुकुर भुक्यो भने के हुन्छ रु भन्दै जिज्ञासा राखिएको छ । मानिसहरुले बाघकोजस्तै गर्जन भएको कए स्पीकर लगाउनुपर्ने सुझाव पनि दिएका छन् । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *