आस्थालाई भेटेपछी रेखा भन्छिन् ‘यसबाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ’

माघ १४, काठमाडौँ । सोमबार प्रहरी समक्ष आत्मसमर्पण गरेकी गायिका आस्था राउतलाई अस्पताल पुगेर नायिका रेखा थापाले भेटेकी छिन् ।   

प्रहरी समक्ष  आत्मसमर्पण गरेपछी आस्थालाई  अनुसन्धानको लागि  जिल्ला प्रशासन कार्यालय काठमाडौले  ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।   

हिरासतमा राख्ने अनुमती पश्चात सोमबार साँझ उनको पेटमा समस्या देखिएपछी उनलाई उपचारको लागि  त्रिपुरेश्वरको ब्लुक्रस अस्पतालमा भर्ना  गरिएको थियो । यसै शिलशिलामा आस्थालाई भेट्न नायिका थापा अस्पताल पुगेकी थिईन् ।   

आस्थालाई भेटेपछी  आस्थाले आफुबाट गल्ती भएको र गल्तीबाट पाठ सिकेका बताएको रेखाले बताइन् । रेखाले सानो गल्तीलाई ठूलो विषय बनाउन नहुने बताएकी छिन् । 

रेखाले उनको आत्मविश्वासमा भने आफूले कत्ती पनि कमी नआएको पाएको बताइन् । रेखाले भनिन्–‘आस्था अझै डराएकी छैनन् । गल्ती भएको कुरालाई स्विकारेर माफी पनि मागिसक्दा कानुनी कुराबाट भएको निर्णयलाई स्विकार्ने पक्षमा आस्था देखिएकी छिन् ।’ 

सोमबार बेलुका रेखाले सामाजिक संजाल फेसबुक मार्फत  अस्पतालमा आफू र आस्था सँगै बसेको एक फोटो पोष्ट गर्दै यस्तो बताएकी हुन् ।   

उनले फेसबुकमा लेखेकी छिन्,  ‘आस्था राउत प्रहरी हिरासतमा रहेको र उनले प्रयोग गरेका अभिव्यक्ती बारे सबैलाई थाहा छ । उनकै शब्दमा समग्र प्रहरी संगठन प्रति पर्न गएको अमर्यादा बारे भुल स्विकार पनि गरेकी छन् । यस बाहेक आस्था एक नागरिक पनि हुन् र उनले सेवा प्रवाहमा गरिने व्यवहार बारे सुधारको लागि आक्रोसित भएको देखिन्छ । व्यक्ति नागरिक र पदाधिकारी जो भएपनि मानविय व्यवहार र असुन्तुष्टी पोख्ने ठाउँ नै यस्तै सार्वजनिक स्थलहरु हुने गर्दछ । यसलाई ठुलो विषय र संस्था प्रतिको आक्रमण नठानी एउटा सेवाग्राहिको जान अन्जान आक्रोसको रुपमा लिएर यथासिघ्र हिरासत मुक्त गर्नु पर्दछ । यस बाट हामी सबैले सकारात्मक पाठ सिक्नु पर्छ र सुधार हुने अवसर ठान्नु पर्छ । आस्थाले नियोजित अपराध होइन भुल र आक्रोसमा अपशब्द बोलेको रुपमा लिनु पर्छ । यस्ता घटना धेरैका वास्तविक जीवनमा घटेका हुन्छन् र कैयौं सार्वजनिक हुँदैनन् । सिक्दै जाने क्रममा समाज पनि सुधार हुँदै जाने भएकोले यसलाई कानुनी र प्रशासनिक विषय मात्रै बनाउनु हुँदैन ।’ 

गायिका आस्थाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत एक महिला प्रहरी जवानमाथि अभद्र व्यवहार गरेपछी उनीबिरुद्ध  उक्त प्रहरी जवानले प्रहरी समक्ष उजुरी गरेपछि उनीमाथि पक्राउ पुर्जी जारी गरिएको थियो । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − eight =