संवादहीनता तोड्दै ओली-प्रचण्ड छलफलमा
२०७६ माघ २ गते

माघ २, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वाय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको संवादहीनता टुटेको छ ।
गत आइतवारदेखि दुई अध्यक्षबीच देखिएको संवादहीनताको अवस्था बिहीबारको भेटपछि टुटेको हो ।
प्रधानमन्त्री ओलीसँगको छलफलका लागि अर्का अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् । साढे १२ बजेबाट दुई अध्यक्षबीच छलफल भइरहेको श्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाका दुई जना अध्यक्षबीच अहिले भेटवार्ता जारी रहेको छ ।
नेकपामा सभामुख चयनका विषयमा विवाद देखिएको छ । पूर्व एमाले र पूर्व माओवादीको अडानका कारण सभामुख चयनमा सकस देखिएको हो ।
नेकपाका दुई अध्यक्षबीच आइतवार यता छलफल हुन सकेको थिएन ।
२०७६ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित








