गोरखाबाट सुत्केरीको हवाई उद्धार गरी काठमाडौँ ल्याइयो

काठमाडौँ । गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–४ प्रोक छाकगाउँ निवासी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ ।

गर्भावस्थाको २८औँ हप्तामा शिशु जन्मिएर जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि उहाँलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको हो । दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेकाले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत लामाको हवाई उद्धार गरिएको हो ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा हेलिकप्टरमार्फत उद्धार गरिएकी लामालाई थप उपचारका लागि काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा भर्ना गरिएको मन्त्रलयले जनाएको छ ।

दुर्गम क्षेत्रमा जोखिममा परेका गर्भवती तथा सुत्केरीको जीवनरक्षा तथा सुरक्षित मातृत्व सुनिश्चित गर्न मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =