शाही पद त्यागेपछी पहिलाे पटक राजकुमार ह्यारी जनताबीच आए

माघ ३, काठमाडाैँ । बेलायतका राजकुमार प्रिन्स ह्यारी बिहीबार बिहान पहिलोपटक जनताको बीचमा आएका छन् । केही दिनअघि मात्र  महारानी एलिजाबेथले नाति प्रिन्स ह्यारी र उनकी अमेरिकी पत्नी मेगनको इच्छाअनुसार आफ्नो वरिष्ठ शाही पद त्याग गर्ने चाहनालाई स्वीकृति दिएकी थिइन् । 

यो जोडी अब आफ्नै ढंगको एक स्वतन्त्र भूमिकामा देखिदैछन् । ब्रिटेनको सिंहासनका छैठौं दाबेदार राजकुमार ह्यारी बिहीबार बकिंघम प्यालेसको बंगैचामा बच्चाहररुसँग रमाएका थिए । बालबालिकाहरु त्यसबेला अर्को वर्षको विश्वकपको लागि तयारी गरिरहेका थिए । 

राजकुमार ह्यालाई शाही पाहुनाको रूपमा जिम्मेवारी निभाउनका लागि यो अन्तिम मौका थियो। गतहप्ता राजकुमार ह्यारी (३५) र उनकी श्रीमती मेगन (३८) ले आफ्नो शाही जिम्मेवारी त्यागेको घोषणा गरेका थिए । उनीहरु दुवैजनाले आर्थिक रूपमा स्वतन्त्र हुनका लागि अमेरिकामा केही काम गर्ने तयारी गरिरहेका छन् । यो जोडीको यस्तो खालको प्रस्ताव(इच्छा) देखेर महारानी लगायत शाही परिवारलाई स्तब्ध पारेको थियो ।  एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *