माग भएजति विद्युत आपूर्ति नभएपछि हिटर र एसी नचलाउन विमानस्थलको आग्रह

पुष २५, काठमाडौं । त्रिभुवन विमानस्थलमा माग भएजति विद्यूत आपूर्ति नभएपछि विमानस्थल कार्यालयले सूजना जारी गरेको छ ।   

विमानस्थल कार्यालयले शुक्रबार (आज) जारी गरेको सूचना अनुसार विमानस्थलमा माग भएजति विद्युत आपुर्ति हुन नसक्दा विमानस्थलको सञ्चालनमा प्रयोग हुने कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्सलगायतका उपकरणमा प्रत्यक्ष प्रभाव परेको छ । 

सोहीकारण विमानस्थल कार्यालयमा अत्यावश्यक विद्युतीय उपकरणबाहेक हिटर, एयरकन्डिसनिङजस्ता बढी विद्युत खपत गर्ने उपकरणको अनावश्यक प्रयोग नगर्न सूचित गरिएको छ । 

Image result for त्रिभुवन विमानस्थल

विमानस्थलभित्रका सुरक्षा निकाय, त्रिवि अध्यागमन कार्यालय, भन्सार कार्यालय, वायुसेवा कम्पनी, विभिन्न पसललगायत सरोकारवालालाई यस्तो सूचना जारी गरिएको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *