महिलाले आफ्नै औंला काट्नु पर्ने अनौठो पर्व

पुस २४ ।  संसारमा विभिन्न किसिमका मानिसहरु बसोबास गर्ने गर्दछन् । संसारका सबै मानिले एउटै धर्म नमान्ने भएका कारण बेला बेला नसुनेका धर्महरुको बारेमा हामीलाई थाहा भईरहेको हुन्छ । हालै एक अनौठौ पर्वको बारेमा हामीले थाहा पाएका छौँ । 

आफ्नै हातका औंलाहरु काट्ने यो विचित्रको चलन इन्डोनेसियामा बसोबास गर्दे आइरहेको दानी जातजातिका मानिसहरुले गर्ने गर्दछन् । दानी जनजातिमा आफ्नो परिवारका सदस्यको मृत्युले विशाल भावनात्मकपीडाको साथसाथै महिलालाई शारीरिक पीडा दिन्छ। अपरिहार्य भावनात्मक शोकलाई बाहेक, दानी जनजातिका महिलाहरूले शारीरिक रूपमा आफ्नो शोकलाई आफ्नो औंलाको एक भाग काटेर व्यक्त गर्ने गर्छन् । 

महिलाको औंला काटिनु अगाडि आधा घण्टाको लागी कसेर बाधिँन्छ । आधा घण्टा जती बाधिँएको उक्त औँला केही समयमा सुन्न हुन्छ । सुन्न भएसँगै औँला काटिन्छ र भर्खरै काटेको औँलाको भागलाइ आगोमा राखिन्छ । दानी जनजातिले यो विचित्रको अभ्यास पैतृक भूतहरूलाई खुसी र सन्तुष्टि दिनका लागी गर्ने गर्दछन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *