बिजयले ल्याए ‘सयौँ तारा’

माघ ७, काठमाडौँ । गायक बिजय मुकारुङ राईद्वारा स्वरबद्ध ‘सयौँ तारासँग भिख मागेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

 बालकुमार गौतमको शब्द रहेको गीतमा रमेश सुनुवारले सङ्गीत दिएका छन् । सङ्गीत संयोजन पदम बिसीले गरेका छन् । भिडियो बुढासुब्बा म्युजिकको युटुब च्यानलमार्फत् सार्वजनिक भएको हो ।   

कृष्ण तामाङद्वारा निर्देशति भिडियोमा सुमन, सुजा, साहिल, सलिना र चन्द्रको अभिनय रहेको छ । भिडियो छायाङ्कन तथा सम्पादन तिलक रिजालले गरेका छन् शृङ्गार कृष्ण सुवेदीको रहेको छ । 

  

https://youtu.be/FSIwesSR19A 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *