किशोरीले विमान चोर्ने कोशिस गरेपछि !

माघ ३ । अमेरिकाको क्यालिफोर्नियामा १७ वर्षीया एक किशोरी लुकीलुकी विमानस्थलमा पसिन् र सानो विमान उडाउने कोशिस गरिन् । तर उनको प्रयास सफल भएन र उनले विमानलाई एउटा भित्तोमा लगेर ठोकाइन् । घटना फ्रेस्नो योशिमाइट अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हो । 

विमानस्थल प्रहरी प्रमुख ड्यु बेसिंगरले बताए अनुसार, किशोरीले विमानको इन्जिन स्टार्ट गरिन् । त्यसपछि विमान सिक्रीहरूले बनेको भित्तोमा ठोकिन पुग्यो ।किशोरी सैन्य क्षेत्रभन्दा लगभग ४०० मिटर टाढा रहेको पर्खालबाट भित्र पसेकी थिइन् ।विमान चोरी गर्ने कोशिश गरेकोमा उनलाई पक्राउ गरिएको छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *