लागूऔषधसहित चार पक्राउ

माघ १०, सिरहा । प्रहरीले सिरहाका छुट्टाछुटै स्थानबाट लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले शुक्रबार सिरहाको भगवानपुर गाउँपालिका–३ बाट लागूऔषधसहित नवराजपुर गाउँपालिका– १ निवासी २५ वर्षीय उपेन्द्रकुमार यादव र भगवानपुर गाउँपालिका–२ निवासी २२ वर्षीय अरुणकुमार यादवलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरु सवार स९प ८५८२ नंको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागुऔषध डाइलेक्स डिसी सात बोतल र नाइट्राभेट ११ पिस फेला पारिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैमागी कारवाहीको लागि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ
यस्तै गरी सिरहाको धनगढीमाई नगरपालिका–९ बाट लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा जिल्लाको विष्णुपुर गाउँपालिका–५ निवासी २९ वर्षीय सुनिलकुमार पासवान र धनगढीमाई नगरपालिका–८ निवासी २४ वर्षीय महेन्द्र साह रहेको प्रहरीले जनाएको छ ।
प्लाष्टिकको झोलामा प्याकेट बनाएर गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोशाकको टोलीले साढे १४ किलो लागुऔषध गाँजासहित दुवै जनालाई पक्राउ गरेको हो ।
प्लाष्टिकका बोरामा प्याकेट बनाएर स७प १२८२ नंको मोटरसाइकलमा लुकाइछिपाइ ल्याइरहेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
उपरीक्षक चतुर्वेदीका अनुसार पक्राउ परेका उनीहरुमाथी अनुसन्धान भईरहेको छ ।








