झापामा अवैध सामान बरामद

पुस २१, झापा । झापामा चेकजाँचमा खटिएका प्रहरीले  ४ लाख १८ हजार १ सय ४५ रुपैयाँ मूल्य बराबरको अवैध सामान बरामद गरेको छ ।   

झापाको मेचीनगर ६ स्थित जोरसिमल चेक पोष्टमा सशस्त्र प्रहरी बल गण नम्बर ८ काँकडभिट्टाबाट खटिएको प्रहरी चेकजाँच उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । 

सशस्त्रका डिएसपी द्रोर्ण बिक्रम शाह अनुसार बरामद गरिएको सामानमा किराना,लत्ताकपडा, औषधि रहेका छन् ।  बरामद गरिएको उक्त सामानलाई आइतबार मेची भन्सार कार्यालय काँकडभिट्टा पठाईएको डिएसपी  शाहले जानकारी दिएका छन् । 

alt

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *