कोरियोग्राफर गणेश आचार्यमाथि उजुरी दर्ता

माघ १४, भारत ।  इन्डियन फिल्म एवं टेलिभिजन कोरियोग्राफर असोसिएशनका जनरल सेक्रेटरी तथा वरिष्ठ कोरियोग्राफर गणेश आचार्यमाथि ३३ वर्षकी एक महिलाले फिल्म इन्डष्ट्रिमा उनलाई कामबाट टाढा राखेको, कमिशन मागेको र एडल्ट भिडियो हेर्न बाध्य पारेको आरोप लगाएकी छिन् । एएनआईको रिपोर्टका अनुसार महिलाले महाराष्ट्रको महिला आयोग र अम्बोली पुलिस थानामा उजुरी दर्ता गरेकी छिन् । 

महिलाको आचार्यमाथि लगातार तनाव दिएको आरोपः 

एक रिपोर्टका अनुसार महिला असिस्टेन्ट कोरियोग्राफर हुन् । उनको दाबी अनुसार आचार्यले उनलाई लगातार तनाव दिइरहेका छन् । उनका अनुसार गणेशले आफ्नो पदको प्रयोग गर्दै उनको सदस्यता रद्द गराएका थिए जसका कारण उनको आम्दानी पूर्ण रुपमा रोकिएको छ । उजुरीकर्ता महिला एक कार्यक्रममा पुग्दा गणेशले आफ्ना अन्य साथी कोरियोग्राफरको प्रयोग गरेर उनलाई त्यहाँबाट बाहिरिन बाध्य बनाइएको आरोप  छ । उनीमाथि उक्त कार्यक्रममा सार्वजनिक रुपमा कुटपिट गरेको र गालीसमेत गरेको उजुरीमा उल्लेख गरिएको छ । 

Image result for कोरियोग्राफर गणेश आचार्य

शुक्रबार सरोज खानको आरोपको खण्डन गरेका थिएः 

गत शुक्रबार आचार्यले दिग्गज कोरियोग्राफर सरोज खानको त्यो दाबी खण्डन गरेका थिए जसमा गणेशले डान्सरहरुको शोषण गर्ने र आफ्नो पदको प्रयोग गरेर सिने डान्सर्स असोसिएसन (सिडिए) लाई बर्बाद गरिरहेको बताइएको थियो । 

तनुश्री दत्ताले पनि लगाइसकेकी छिन् शोषणको आरोपः 

सन् २०१८ मा नायिका तनुश्री दत्ताले पनि नाना पाटेकरसहित गणेश आचार्यमाथि पनि शोषणको आरोप लगाएका थिए । उनले पुलिस उजुरीमा यी दुईले सन् २००८ मा रिलिज भएको फिल्म ‘हर्न ओके प्लिज’ को एउटा गीतको सुटिङको क्रममा उनमाथि शारीरिक शोषण गरेको आरोप लगाइन् ।   

तनुश्रीले एक कुराकानीमा भनेकी थिइन्, ‘उनी एक नम्बरका झुटो र दोहोरो चरित्र भएका व्यक्ति हुन् । १० वर्ष अघि उनी ती व्यक्तिमध्ये एक थिए जो उत्पीडनमा समान रुपमा समावेश थिए । उनले यसलाई कहिले पनि स्विकार गरेनन् ।’ एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =