अभिनेता रणवीर सिंह ट्रोलको शिकार

माघ १३, भारत ।  रणवीर सिंह आफ्नो अचम्मको फेशन सेन्सका लागि परिचित छन् । हालै रणवीरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा केही तस्बिर पोष्ट गरेका छन् जसमा उनले पोल्का डट ब्ल्याक शर्ट, मल्टीकलर्ड ट्राउजर, गगल्स र शर्टसँग म्याचिङ पोल्का डट क्याप लगाएको देखिएका छन् । 

उनको यो तस्बिर सार्वजनिक हुने बित्तिकै सोसल मिडिया प्रयोगकर्ताले उनलाई ट्रोल गर्न सुरु गरे । केही प्रयोगकर्ताले रणवीरलाई दीपिकाको कवडा लगाएको हो भनेर प्रश्न सोधे भने कतिले उनको फेसन सेन्स पटक्कै मन नपरेको भनी कमेन्ट गरे । एकजना प्रयोगकर्ताले लेखे, ‘यो के गर्‍यौ रु’ 

सेलिब्रिटीले गरे तारिफः 

रणबीरको लुक उनका प्रशंसकलाई त मन परेन तर उनका सेलिब्रिटी साथीहरुले भने उनको हिम्मतको मज्जाले तारिफ गरे । सोनू सूदले लेखे, ‘जीवनमा स्ट्राइप्स र डट्स नै महत्वपूर्ण हुन्छन्, भिन्न देखिन हिम्मत चाहिन्छ । ’ 

सेलिब्रिटी स्टाइलिस्ट नीरु रंधावाले लेखे, ‘मैले इमान्दारीतापूर्वक भन्ने हो भने यो आउटफिट निकै फेमिनिन छ तर तपाईं र तपाईंको कन्फिडेन्सको के कुरा गर्नु !’ 

राकेश ओम प्रकाश मेहराले लेखे, ‘वास्तविक रकस्टार !’ 

चर्चित कमेडियन गौरव गेराले लेखे, ‘के हो यो रु आशा पारेख जीले एउटा फिल्ममा लगाउनुभएको थियो ।’  एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *