कपिलले सार्वजनिक गरे छोरी अनायरको तस्बिर

माघ ३, काठमाडौँ । भारतका चर्चित हाँस्य कलाकार कपिल शर्माले आफ्नो छोरी अनायर शर्माको तस्बिर सार्वजनिक गरेका छन् ।   

उनले  मकर संक्रान्तिको अवसर पारेर सामाजिक संजाल ईन्स्टाग्राम मार्फत छोरी  अनायर शर्माको तस्बिर सार्वजनिक गरेका हुन् ।   

कपिलले छोरी  अनायरको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्,  ‘हाम्रो दिलको टुक्रा अनायर शर्मासँग मिल्नुस् ।’   

तस्बिरमा कपिले छोरीलाई काखमा लिई रहेका छन् । उनको यस तस्बिरलाई उनका थुप्रै फ्यानले लाइक तथा कमेन्ट गरेका छन् । भने अहिले उक्त तस्विर सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको छ । 

कपिलले २०१८ डिसेम्बर १२ मा  गिन्नी चतरथ सँग प्रेम बिवाह गरेका थिए भने गत  १० डिसेम्बरमा गिन्नीले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी थिईन् ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 6 =