बलात्कारको आरोप लागेका हाई प्रोफाइल टिभी रिपोर्टरलाई ३४ लाख रुपैयाँ जरिवाना

पुष २, जापान । जापानको एक अदालतले  हाइ प्रोफाइल टिभी रिपोर्टरलाई एक पत्रकारलाई ३० हजार डलर अर्थात् करिब ३४ लाख रुपैयाँ क्षतीपूर्तीको रुपमा दिन आदेश दिएको छ । सियोरी इतोले नोरियुकी यामागुचीमाथि बलात्कारको आरोप लगाएकी छिन् । सियोरीका अनुसार नोरियुकीले उनलाई सन् २०१५ मा बेहोसीको अवस्थामा बलात्कार गरेका थिए । 

सिरियोलाई जापानमा मीटू अभियानको प्रतिकको रुपमा लिइएको छ जहाँ निकै थोरैले यौनहिंसाबारे जानकारी दिन्छन्  । ‘म निकै खुसी छु,’ ३० वर्षे सियोरीले चोरी र माझी औंलाले ‘भिक्ट्री’ को चिन्ह देखाउँदै भनिन् । 

तर पछि पत्रकार सम्मेलनमा यामागुचीले आफूले अपिलको लागि योजना बनाएको जानकारी दिँदै आफूमाथिको आरोप पुनः अस्विकार गरे । 

सियोरीका अनुसार प्रधानमन्त्री सिन्जो आबेसँग नजिकको सम्बन्ध रहेको भनिएका ५३ वर्षे यामागुचीले उनलाई सन् २०१५ मा डिनरसहित सम्भावित जागिरको अवसरबारे कुरा गर्न निम्तो दिएका थिए । 

आफूलाई ड्रग्स दिइएको हुनसक्ने अनुमान गर्दै उनले भनिन्, ‘जब म होसमा आएँ तब म एउटा होटलको कोठाभित्र थिएँ र उनी ममाथि थिए । ’ सियोरीमाथि बलात्कार हुँदा उनी न्यूज एजेन्सी रोयटर्समा इन्टर्नको रुपमा काम गरिरहेकी थिइन् । 

यता यामागुची भने टोकियो ब्रोडकास्टिङ सिस्टमका वासिङ्टन ब्यूरो चिफ थिए । अनुसन्धान सुरु भएपनि प्रमाण नपुगेको भन्दै पुलिसले फाइल बन्द गरेको थियो । 

सन् २०१७ को सरकारी आँकडा अनुसार बलात्कारका ४ प्रतिशत पीडितले मात्रै आफूमाथिको घटनाबारे जानकारी दिएका थिए । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eighteen =