सामुन्द्रिक चक्रवातका कारण नेपालमा बदली, यस्तो छ आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान

मंसिर २१, काठमाडौं । अरब सागरमा रहेको सामुन्द्रिक चक्रवात ‘पवन’ का कारण नेपालमा बदली देखिएको छ। हाल देशका अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रहेको छ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
मंसीर २१ गते (शनिबार)
null
दिउँसो: देशको अधिकांश भूभागमा आंशिक देखि सामान्य बदलि रहनेछ ।
राती: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसीर २२ गते (आइतबार)
दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
मंसीर २३ गते (सोमबार)
दिउँसो: देशको मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
राती: देशको पहाडी भू-भागमा आंशिक बदलि रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।








