धनुषामा मध्यराति बम विस्फोट, बाबु छोराको मृत्यु, ६ जनाकाे अवस्था गम्भीर

मंसिर २८, धनुषा । महेन्द्रनगरमा शक्तिशाली बम बिस्फोट हुदाँ २ जनाको ज्यान गएको छ ।   

शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर, इलाका प्रहरी कार्यालय नजिकै बम बिस्फोट हुदाँ स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा आनन्द साहको घटनास्थलमै मृत्यु हाे । 

राति १२ बजे राजेश्वरको घरको शौचालयस्थित अलपत्र अवस्थामा रहेको शंकापष्द वस्तु बम हो भनि ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट यकीन गर्न पुगेको बेला सो बम बिस्फोट भएको थियो । 

null

उक्त घटनामा प्रहरी निरीक्षक सहित ६ जना गम्भीर घाइतेसमेत भएका छन् । बिस्फोटमा परि प्रहरी निरीक्षक अमिर दहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भिर घाइते भएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । 

गम्भीर घाइतेहरुको उपचार प्रादेशिक अस्पताल जनकपुरमा सम्भव नभएपछि थप उपचारको लागि धरान लगिएको जनाइएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =