अदालतले ट्याक्सीवालाको पक्षमा आदेश दिन अस्वीकार गरेपछि…

पुस ०१, काठमाडौं । टुटल र पठाओले निरन्तर सेवा दिन पाउने भएकाे छ । अदालतले ट्याक्सीवालाको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि टुटल र पठाओले निरन्तर सेवा दिन पाउने भएकाे हाे । 

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजसहित अधिवक्ताहरुले टुटल र पठाओ सेवा अवैधानिक भएको र यसलाई रोक्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेको प्रयास विफल भएको हाे ।   

रिटको सोमबार न्यायाधीशद्वय प्रभा बस्नेत र शान्ता सेढाईको संयुक्त इजलासले सुनुवाई पछि अदालतले रिट निवेदशकको माग अनुसार अन्तरिम आदेश जारी गर्नुनपर्ने ठहर गरेको छ । अब मुद्दाको फैसलापछि नै यसबारे अन्तिम निर्णय हुनेछ ।   

null

ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले रिटमा टुटल र पठाओलाई वैधानिकता दिए आफूहरुलाई पनि सकै कर मिनाहा गर्नुपर्ने माग गरेका छन् । उनीहरुले टुटल र पठाओ सञ्चालनमा रोक नलगाएको भन्दै ट्राफिक प्रहरी र सरकारलाई पनि विपक्षी बनाएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *