सामाजिक कार्यमा उदाहरणिय बन्दै घुम्टे युवा परिवार

मंसिर २७, बागलुङ ।  बागलुङमा बिहिबार घुम्टे युवा परिवारले जापान शाखाका पदाधिकारीहरुलाई केन्द्रिय कार्यालयमा स्वागत तथा सम्मान गरेको छ ।   

घुम्टे युवा परिवार जिल्लाकै पुरानो सामाजिक संस्था हो । वि.सं २०४१ सालमा स्थापना भएको यस संस्थाले सामाजिक क्षेत्रमा थुप्रै उदाहरणिय कामहरु गर्दै आईरहेको छ । सामाजिक विकृति विसङ्गति न्यूनिकरण सँगै खेलकुद, कला र संस्कृति संरक्षण सम्वर्दनमा परिवारले महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।  

युवा जागरण, तालिम, गोष्ठी, अन्तरकृया सँगै अन्य सामाजिक जागरणका काममा संस्था सकृयतापुर्वक अगाडी बढिरहेको छ । संस्थाले रोजगारीको सिलसिलामा जापानमा रहेका संस्थाका आजीवन सदस्यहरु, शुभेच्छुक तथा सहयोगीहरु सँगको सहकार्यमा डेढ वर्ष पहिले जापान शाखा समेत स्थापना गरेको छ ।  

कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा, शाखा सचिव दिनेश थापा, शाखा कोषाध्यक्ष संग्राम साहानी र घुम्टे युवा परिवारका सल्लाहकार संयोजक एवं गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले मन्तव्य राखेका थिए ।  

कार्यक्रममा बोल्ने वक्ताहरुले घुम्टे युवा परिवार स्थापनाकाल देखि नै सामाजिक कार्यमा सकृय रहँदै गलकोट क्षेत्रकै अग्रणी सामाजिक संस्थाको रुपमा परिचित रहनु प्रशंसनिय विषय भन्दै प्रशंसा गरे । आगामी दिनमा केन्द्रिय कार्यालय र जापान शाखा बिचको सहकार्यमा थप सामाजिक कार्यमा सकृय रहने प्रतिवद्वता जनाए ।  

संस्थाले आफनो कार्यालय आसपासमा सिसिटीभी क्यामेरा जडान देखि अहिले सभाहल निर्माणको लागि जग्गा समेत व्यवस्थापन गरेको छ । जापान शाखाको सहकार्यमा संस्थाले कहिले बेसाहारा, विपन्न परिवारलाई खाद्यान्न सँगै आर्थिक सहयोग गरेको छ भनें वडा भित्रका धार्मिक स्थलहरुमा सोलार बत्ती जडान गरेर झलमल्ल पारेको छ ।  

समृद्व समाज निर्माणमा संस्थाले सबै क्षेत्र सँग हातेमालो गरि अगाडी बढिरहदा शाखाको पनि महत्वपुर्ण सहयोग हुँदै आएको छ । केन्द्रिय कार्यालयमा आयोजित स्वागत तथा अन्तरकृयामा जापानबाट विदामा नेपाल आएका घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा सचिव दिनेश थापा, कोषाध्यक्ष संग्राम साहानी, आजीवन सदस्य तथा शुभेच्छुक नेत्र चोखाल, कमल थापा, दिपिन खत्री मिन थापा, प्रकाश थापा लगायतलाई दोसल्ला तथा फुलमाला अविरद्वारा स्वागत तथा सम्मान गरिएको थियो ।  

सो अवसरमा आगामी दिनमा संस्थालाई कसरी अगाडी बढाउने, सामाजिक कृयाकलापमा संस्थाको भुमिका तथा समृद्व समाज निर्माण कसरी गर्ने लगायतका विषयमा अन्तरकृया गरिएको थियो । कार्यक्रममा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका कार्य समिति पदाधिकारीहरु, सल्लाहकार सदस्यहरु, घुम्टे युवा परिवार जापान शाखाका प्रतिनिधीहरु, शुभेच्छुकहरु लगायतको उपस्थिती रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *