मौरीको टोकाइबाट एक जनाको मृत्यु, पाँच घाइते

मंसिर, ५ सर्लाही । वनमौरीको टोकाइबाट मलङ्गवा–७ मुसैलीमा एक बालककोे मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । मुसैलीस्थित खेतमा काम गर्ने क्रममा बुधबार साँझ वनमौरीले  टोक्दा गणेश रायका तीन वर्षीय छोरा किसनकुमार रायको मृत्यु भएको छ ।  

मौरीको टोकाइबाट रायकी श्रीमती ३५ वर्षीया चिन्तादेवी राय र निजका छोरा चार वर्षीय रविकुमार राय, स्थानीयवासी २४ वर्षीया अञ्जलीदेवी यादव, ४० वर्षीया देवबत्ती देवी र १८ वर्षीय रामध्यान महतो घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि बुधबार राति ९ः३० बजेको समयमा मलङ्गवा अस्पतालबाट वीरगञ्ज सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।  

घाइतेलाई मौरीले शरीरका विभिन्न भागमा टोकेको स्थानीयवासी हरदास यादवले जानकारी जानकारी दिए ।   

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *