ठगी आरोपमा पक्राउ परेका पूर्व अर्थसहायक मन्त्री के भन्छन् ?

कार्तिक २९, काठमाडौं । ठगी आरोपमा पक्राउ परेका ब्यावसायी तथा पूर्व अर्थ सहायक मन्त्री ज्योति कंशाकारले आफु निर्दोष रहेको बताएका छन् ।
पिडित बिजेन्द्र कृष्ण मल्लको पैसा आफु र आफू संलग्न रहेको कम्पनी ल्यानमार्कले बुझेको नभई सिई कन्सट्रक्सनका सञ्चालक शम्भु फुयालले बुझेको कंशाकारको भनाई छ । ‘म ल्यान्डमार्कको सञ्चालक होईन केही शेयर मात्र लिएको हो । बाँसवारी कोलनीको १९ नं. प्लटको जग्गाको बिक्रीमा मेरो कुनै हात छैन । मात्र मलाई फसाइएको हो ।’ उनले भने ।
कंसारकार अनुसार, सिई कन्सट्रक्सन र ल्यानमार्क साझेदारीमा काम गरिरहका कम्पनी हुन । प्रारम्भमा सिईले भबन निर्माण गर्ने र ल्यानमार्कले जग्गा प्लटिङको जिम्मा लिएकोमा गडबडी सृजना भएपछि सिईलाई जग्गा सम्माउने जिम्मा दिईयो । सोहि समयमा वाँसवारी स्थित प्लट १९ नं. १९ को ०–६–३–२ क्षेत्रफलको जग्गा २ करोड १४ लाख १९ हजार मूल्य तय गरी बिजेन्द्र कृष्ण मल्ललाई सिईले बिक्री गरेको थियो । मल्लले बिज्ञापनका आधारमा जग्गा खरिद गरेका थिए ।

जग्गा किने पछि मल्ल केही समय चुपचाप बसे । उक्त जग्गामा डिजाईन बमोजिम २ बर्ष भित्र घर निर्माण गरी हस्तान्तरण गर्ने गर्ने गरी सिईका संचालक बिजेन्द्र कृष्ण मल्लबाट दुईपटक गरी १ करोड ३६ लाख ७५ हजार सिईका सञ्चालक शम्भु फुयालद्धारा बुझाइएकोे थियो । फुयाँलले बिल भपाई भने ल्यान्डमार्कको कम्पनीको प्रयोग गरेका थिए । सो जग्गा बिक्री गरेको र ल्यान्डमार्कको बिल भपाई प्रयोग गरेको जानकारी भने ल्यान्डमार्क कम्पनीलाई दिइएको थिएन । जबकी त्यसपूर्व नै उक्त प्लटको जग्गा ल्यान्डमार्कले अरुलाई नै बिक्री गरिसकेको थियो ।
पिडित बिजेन्द्र कृष्ण मल्लले २०७१ भदौ ५ मा जग्गा वापत रकम बुझाए पनि अझै उनको स्वामित्वमा घरजग्गा आउन सकेको छैन । जग्गाको राजीनामा गर्दा बिल भपाई ल्यानमार्क कम्पनीको प्रयोग भएकाले पिडितले उनी बिरुद्ध २०७५ मंसिर १६ मा महानगरी प्रहरीबृत दरवारमार्गमा उजुरी गरेका थिए ।
उजरी अदालत सम्म पुग्दा काठमाडौं जिल्ला अदालतले २०७५ मंसिर २० गते उनलाई पक्रन आदेश दिएको थियो । जिल्ला अदालतको बिरुद्ध अन्तरिम आदेश माग गर्दै कंशाकार सर्बोच्च अदालतमा गएकोमा सर्बोच्चले उहालाई पक्राउ नगर्न आदेश पनि दिएको थियो ।
त्यसको एकबर्ष पश्चात अर्थात गत मंगलवार कंशाकारको मुद्धा सर्बोच्चले खारेज गरेको कारण जिल्ला अदालतको आदेशानुसार महानगरिय प्रहरी परिसरले उनलाई बिहिवार सिंगापुरबाट फर्कदै गर्दा त्रिभूवन बिमानस्थल बाटै पक्राउ गरेको हो । जबकी उक्त लेनदेनको कारोवारमा आफ्नो कुनै संलग्नता नरहेको कंशाकारले बताउँदै जिल्ला प्रशासन कार्यालय बबरमहल, महानगरीय प्रहरी परिसर टेकु, महानगरीय प्रहरीबृत दरबारमार्ग र बिजेन्द्र कृष्ण मल्ललाई बिपक्षी बनाई जिल्ला अदालतमा उजुरी समेत गरेका थिए ।








