मुख्यमन्त्रीद्धारा रत्ननगरका विभिन्न क्षेत्रको अबलोकन,अधिकांश ठाउँमा सहयोगको घोषणा

चितवन ३०, कार्तिक । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले चितवन रत्ननगरका विभिन्न क्षेत्रको अबलोकन गरेका छन । मुख्यमन्त्री पौडेलले अस्पताल,मन्दिर,प्राविधिक शिक्षालय,निर्माणाधिन इको पार्कको,चित्रसारी गेट,थारु संस्कृति संग्रहालय,सौराहाको राप्ती ड्याकको स्थलगत अबलोकन गरेका हुन ।  

अबलोकनका क्रममा आर्थिक अभावका कारण विकासको क्रम रोकिएका ठाउँमा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन । मुख्यमन्त्री पौडेले रत्ननगरको चित्रसारीमा निर्माण गरिएको सौराहा प्रवेशद्धारमा प्रदेश सरकारले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाए । 

 प्रवेशद्धारमा प्रदेश सरकारद्धारा निर्मित भनेर लेख्नुहोस उनले भने अब कति लगानी गर्नुपर्छ प्रदेश सरकारले लगानी गर्ने छ । बछौली माविमा होटल म्यानेजमेण्टको अबलोकन गर्दै मुख्यमन्त्री पौडेलले ल्याव सञ्चालन र पूर्वाधार निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।  

मुख्यमन्त्री पौडेलले पूर्वी चितवनको एकमात्र सरकारी अस्पतालको पनि अबलोकन गरेका छन । अबलोकनका क्रममा उनले अस्पतालको स्तर उन्नती गरी डाक्टरको दरबन्दी र भौतिक पूर्वाधार निर्माण गरिने बताए । 

अस्पतालका विषयमा मेयर नारायण वन,निर्वतमान अध्यक्ष देवेन्द्र कुमार श्रेष्ठ र डा।रुथ गोन्सेथले मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । मुख्यमन्त्री पौडेलले बछौलीमा रहेको थारु संस्कृति संग्रहालय तथा अनुसन्धान केन्द्रको पनि अबलोकन गरेका छन । संग्रहालयको विषयमा अध्यक्ष वीरेन्द्र महतोले जानकारी गराएका थिए । 

मुख्यमन्त्री पौडेलले जिरौनामा रहेको श्रीकृष्णप्रणामी मन्दिर धर्मधाम,पञ्चकन्या सामुदायिक वनले सञ्चालन गरेको मनिखोला पार्क र रत्ननगर नगरपालिकाले वडा नं ९ मा निर्माण सुरु गरेको इको टुरिजम पार्कको समेत स्थलगत अबलोकन गरेका छन । 

इको टुरिजम पार्कमा वडाध्यक्ष रोशन आचार्य,कार्यपालिका सदस्य सरस्वती लामा,टिकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष इश्वरी प्रसाद लामिछाने,समाजसेवी चिन्तामणि आचार्यले मुख्यमन्त्रीलाई स्वागत गरेका थिए । त्यस्तै धर्मधाम जिरौनामा निर्वतमान अध्यक्ष तिलकराज शर्माले मुख्यमन्त्रीलाई स्वागत गरेका थिए । 

मुख्यमन्त्री पौडेलले मनिखोला पार्कको विस्तारको लागि गुरुयोजना बनाएर प्रदेश सरकारमा पेश गर्न आग्रह गरेका छन । इको टुरिजम पार्कमा पूर्वाधार निर्माणको लागि नगरपालिका मार्फत प्रदेश सरकारसंग बजेट माग गर्न आग्रह गरे । अबलोकन कार्यक्रममा प्रदेश सभा सांसद कन्चन खनाल,मेयर नारायण वन,उपमेयर विमला दुवाडी,मुख्यमन्त्रीका राजनीतिक सल्लाहाकार जेएन थपलिया,वडाध्यक्ष केशव आचार्य लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =