नेपाल–भारत सीमा मेची पुलमा भारतीय प्रधानमन्त्री मोदी विरुद्ध नाराबाजी
२०७६ कार्तिक २७ गते

कात्तिक २७, काँकडभिट्टा । नेपाल र भारतको सिमाना जोड्ने पूर्वी नाकास्थित मेची पुलमा झापाका विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भू–भाग भारतले आफ्नो नक्सामा समावेश गरेको विरोधमा नेपाल विद्यार्थी संघ झापाको आयोजनामा मंगलबार बिहान विरोध प्रदर्शनी भएको हो । विरोध प्रदर्शनीका क्रममा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चर्काे नाराबाजी गरेका थिए ।
स्थानीय हनुमान मन्दिरबाट शुरु भएको उक्त र्याली बजार परिक्रमा गरी नेपाल भारत जोड्ने मेची पुलमा कोणसभामा परिणत भएको थियो भने विद्यार्थी नेताहरुले नेपाली भू–भाग फिर्ता नगरेसम्म आन्दोलन जारी राख्ने चेतवनी दिएका छन् ।

२०७६ कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित








