बारामा आपत्तिजनक अवस्थामा सरकारी कर्मचारीसहित ९ जोडी पक्राउ
२०७६ मंसिर १ गते

मंसिर १, बारा । शनिबार दिउँसो बारामा आपत्तिजनक अवस्थामा सरकारी कर्मचारीसहित ९ जोडीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार बाराको जीतपुर सिमरा उपमहानगरपालिका १ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा छापा मार्दा सरकारी कर्मचारीसहित ९ जोडीलाई पक्राउ गरिएको हो ।
निजगढ, बुटवललगायत विभिन्न स्थानका सरकारी कर्मचारी सहित ९ जनालाई सिमराको दीप, गोर्खाज, झापाली, नमस्ते, रोजी जस्ता होटलबाट इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी रञ्जित सिंह राठौरका अनुसार हाल उनीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा ‘अभद्र व्यवहार’ शीर्षक मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको छ ।
२०७६ मंसिर १ गते
प्रतिक्रिया
सम्बन्धित








