धरानमा ५० प्रतिशत मत खस्यो, मतगणना स्थलमा घेराबारा

मंसिर १४, धरान । सुनसरीको धरानमा मेयर र वडा नं ७ को अध्यक्षको लागि जारी मतदानमा हाल सम्ममा करिब ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीका अनुसार हाल सम्ममा सो बराबरको मत खसेको हो । 

धरानमा गत निर्वाचनमा भन्दा यस पटक मतदातामा उत्साह देखिएको छैन । उप्रेतीका अनुसार यो त्यती राम्रो नभएपनि ठिकै मात्रको अबस्था हो । उनले खसेको मत प्रतिशत अपेक्षा गरे भन्दा कम भएको बताए । 

अधिकृत उप्रेतीका अनुसार मतदाताहरुको मत ७० प्रतिशत भन्दा माथि मत खसे मात्र उत्साह जनक सहभागीता भन्न मिल्छ ।   

अहिलेको मत खसेको मतको अवस्था हेर्दा मतदान कार्य सम्पन्न हुँदा सम्म ५५ देखि ६० प्रतिशत मात्र मत खस्ने अनुमान गर्न सकिन्छ । धरानमा अहिले सम्म ५२ हजार २ सय ७ मत खसेकाे छ । ९२ हजार ५ सय ५३ मतदाता रहेकाे धरानमा अहिले सम्म खसेकाे मत हेर्दा विगतकाे तुलनामा कम मत खसेकाे हाे ।  मतदान बेलुकी ५ बजेसम्म मात्र छ ।   

धरान १५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भने मतगणनास्थलको तयारी आजै भैसकेको छ । कडा सुरक्षा व्यवस्था गरेर मतगणनाको तयारी गरिएको छ ।   

मतगणनास्थलमा २ वटा सिसिटिभी राखेर निगरानी गरिएको छ भने मतगणना गर्ने गणक र उम्मेदवारका प्रतिनिधिहरुबीच घेराबारा (ब्यारियर) राखिएको छ । 

मुख्य निर्वाचन अधिकृत उप्रेतीका अनुसार मतपत्रको सुरक्षाको लागि तारको घेराबारा गरिएको हो । विवादले मतपत्र च्यातिने सम्भावना भएकोले गणक कर्मचारी र उम्मेद्वार प्रतिनिधिको बीचमा घेराबारा राखिएको हो ।   

गएको स्थानीय तह निर्वाचन २०७४ मा धरानमा मतगणना भइरहँदा दलका प्रतिनिधिहरुबीच केही समय बिबाद हुँदा मतगणना समेत रोकिएर भोलीपल्ट सहमति पछि मतगणना गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =