नेपाल–चीनबीच २० समझदारी पत्रमा हस्ताक्षर

तस्विरः प्रदिपराज वन्त 

असोज २६, काठमाडौं । नेपाल र चीनबीच २० समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

आज (आइतबार) दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा विभिन्न विषयका २० सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।   

सम्झौत पत्रमा विशेषगरी नेपाल–चीन क्रस बोर्डर रेलको सम्भाव्यता अध्यन गर्ने, लगानीका लागि नेपालको अर्थ मन्त्रालय र चीनको सम्बन्धित मन्त्रालयबीच संयन्त्र बनाउने लगायतका विषय उल्लेख छन् ।   

त्यस्तै, काठमाडौं र बुटबल नगर तथा चिनियाँ दुई नगरहरु नान्सी र सियान सहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने लागयतका समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

विपद् व्यवस्थापनमा मिलेर काम गर्ने, औद्योगिक क्षेत्रबारे छलफल गर्न संयन्त्र बनाउने, नेपालमा रेल सञ्जाल निर्माण, पर्यटन प्रवद्र्धन, चारवटा सामुद्रिक र सुख्खा बन्दरगाह जोड्ने सडक मार्ग तथा पूर्वाधार, ऊर्जालगायतका क्षेत्रमा काम गर्ने पनि सहमति भएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *