महरालाई अदालत लगियो

असोज २८, काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज (मंगलबार) अदालत लगिएको छ ।   

थप अनुसन्धानका लागि म्याद थप गर्न महरालाई आज जिल्ला अदालत काठमाडौंस्थित सरकारी वकिलको कार्यालय लगिएको हो ।   

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले  असोज १८ गते किटानी जाहेरी दिएपछि महरा असोज १९ गते आफ्नो निवास बालुवाटारबाट फक्राउ परेका थिए ।   

प्रहरी परिसर सिंहदरबारको थुनामा रहेका महराको स्वास्थ्यमा समस्यादेखि पछि हाल नर्भिक अस्पतालमा उपचाररत छन् ।   

महरा र रोशनीको फरेन्सिक परीक्षण पनि भइसकेको छ । रोशनी शाहीको शरीरमा लागेका चोटपटकमा बाहिरी मानिसको संलग्नता रहेको परीक्षणमा पुष्टि भएको छ ।   

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा गरिएको फरेन्सिक जाँचबाट रोशनीको अनुहार लगायत शरीरका विभिन्न भागमा लागेको चोटपटकमा बाहिर मानिसको संलग्नता देखिएको स्रोतले बताएको छ ।   

स्रोतका अनुसार नियमित स्वास्थ्य अवस्था र अपराध अनुसन्धानसम्बन्धी प्रमाण संकलनका लागि गरिएको रोशनीको ‘फरेन्सिक जाँच प्रतिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ । 

सुरुमा आरोप अस्वीकार गरेका महराले असोज १५ गते सभामुखबाट राजीनामा दिइसकेका छन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *