निलम्बित कांग्रेस सांसद आलमलाई सात दिनको म्याद थप

असोज २८, काठमाडौं । हत्या तथा प्रमाण नष्ट गरेकाे आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलममाथि थप अनुसन्धानका लागि ७ दिनको म्याद थप गरिएको छ ।   

जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायधिश चित्रबहादुर गुरुङको एकल इजलासले उनीमाथिको अनुसन्धानका लागि सात (कात्तिक ३ सम्म) दिनको म्याद थप गरेको हो ।  

२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोप लागेका उनी आइतबार पक्राउ परेका थिए । रौतहट क्षेत्र नं. २ का सांसद आलम पदबाट निलम्बनमा परिसकेका छन्   

Image result for मोहम्मद आफताब आलम

म्याद थप पछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट लगिएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *