चिनियाँ कम्युनिष्ट पार्टीसँग सिक्न चाहेका छौँः उपप्रधानमन्त्री पोखरेल

असोज २७, काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले नेपाल सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृृत्वमा रहेको सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका छन् ।   

सिल्क रोड युथ फोरमले सोमबार राजधानीमा गरेको ‘चाईना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले यस्तो धारणा राखेका हुन् । चीनमा पनि कम्युनिष्ट र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन् ।   

नेपालका कम्युनिष्टहरुले जनतासँग गरेको प्रतिबद्धताअनुसार अगाडि बढ्ने अठोट गरेको स्मरण गर्दै उनले  आफ्नो पार्टीले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने बताए । , 

Image result for उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले

कार्यक्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे पनि उनले आफ्नो धारणा राखेका थिए ।  चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चिन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उनले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने बताए ।   

भ्रमण हुनुपूर्व कतिपयले चीन सरकारसँग के–के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दै उनले नेपाल सरकार छिमेकी मुलुकसँगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे । 

उनले भने, ‘कतिपय मानिसहरुले राष्ट्रपतिको भ्रमण भन्दा पहिला तिमी नेपालीहरुको हातमा के–के सपिङ लिस्ट छ ? भनि जिज्ञासा राखे । हामीले त्यसबेला भनेका थियौँ–हामी सपिङ लिस्ट लिएर बसेका छैनौँ । हामीले परिवर्तित सन्दर्भमा हाम्रो मित्रताले उचाई प्राप्त गर्नुपर्छ भन्ने हाम्रो विचार हो भनेर सुनाएका थियौँ’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *