स्वदेश फर्कँदै सी चिनफिङ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २ घण्टा बन्द हुने

असोज २६, काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्कन लागेका छन् । शनिबार दिउँसो काठमाडौं आएका राष्ट्रपति सी चिनफिङ आज (आइतबार) दिउँसो स्वदेश फर्कन लागेका हुन् ।   

उनलाई जसरी भव्य स्वागत गरिएको थियो त्यसरी नै भव्य बिदाई हुँदैछ । बिदाईमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री उपेन्द्र यादव लगायतको उपस्थिति रहेको छ ।   

उनको बिदाईका क्रममा आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे २ घण्टा बन्द हुने भएको छ ।  शनिबार चिनियाँ राष्ट्रपति सी आउने बेला पनि दिउँसो २ बजेर ५५ मिनेटदेखि बेलुकी ५ बजेर २५ मिनेटसम्म सबै उडान र अवतरण रोकिएका थिए । 

शनिबार साँझ प्रतीपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका उनले आज नेकपा नेताहरुसँग भेटवार्ता सामूहिक भेटवार्ता गर्नुका साथै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवर्ता समेत गरेका थिए ।   

साथै आज नेपाल र चीनबीच १८ समझदारी पत्र र २ लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितिमा विभिन्न विषयका १८ समझदारीपत्र र दुई लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको हो ।   

नेपालका सरकार प्रमुख र चीनका राष्ट्राध्यक्षको तहमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा नेपाल र चीनबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको हो ।   

  

  

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *