चिनियाँ राष्ट्रपतिको भ्रमणमा बाबुरामका दुई असन्तुष्टि

असोज २६, काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणमा उनीसँग नभेटाएको भन्दै असन्तुष्टि पोखेका छन् ।   

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा उनले सी भ्रमणका क्रममा मधेस केन्द्रित आधार भएका दलका नेताहरूसँग नभेटाएकोमा असन्तुष्टि पोखेका हुन् ।   

उनले ट्वीटरमा लेखेका छन्, ‘उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसँग पनि भेटाउनुपर्थ्यो । अन्यथा उत्तरी छिमेकीले हिमाल, पहाड र दक्षिण छिमेकीले मधेस, तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस् ! तैपनि सबैको जय होस् !’   

Image result for बाबुराम भट्टराई

यस्तै उनले नेपालका संवैधानिक राष्ट्रपतिसँग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति, समझदारी कार्यकारी प्रमसँग हुनुपर्ने धारणा पनि राखेका छन् ।   

‘चीनका महामहिम राष्ट्रपतिको ऐतिहासिक नेपाल भ्रमणका लागि नेपाल र चीनको सरकारलाई हार्दिक बधाई ! तर भ्रमणको क्रममा नेपाल सरकारले केही कुरामा ध्यान पुर्याएन कि ? नेपालका संवैधानिक राष्ट्रपतिसंग शिष्टाचार भेट मात्र गरेर सबै औपचारिक वार्ता र सहमति–समझदारी कार्यकारी प्रमसँग हुनुपर्ने थियो’, उनले लेखेका छन् ।   

राष्ट्रपति सीले नेकपाका नेताहरुसँग आइतबार सामूहिक भेट गरेका थिए भने कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार साँझ भेटवार्ता गरेका थिए । समाजवादीका अध्यक्ष भट्टराईलाई भने रात्रीभोजमा मात्र निमन्त्रणा गरिएको थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *