बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा सांसद पक्राउ

असोज २८, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का सांसद प्रमोद कुमार साह पक्राउ परेका छन् ।   

सांसद साहलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंबाट ओखलढुंगा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।   

साहले सोमबार बिहान ११ः४० मा जनकपुरबाट काठमाडौँ उडान हुनुपर्ने बुद्ध एयरको प्लेन डिले भएको भन्दै बुद्ध एयरको काउण्टर तोडफोड गरेका थिए ।   

सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साहविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी भएपछि प्रहरीले पक्राउका लागि अनुमति मागेको थियो । अदालतको अनुमतिपछि उनी आज पक्राउ परेका हुन् । 

हवाई उडान ऐन २०१५ अन्तर्गत मुद्दा दर्ता भएको छ । कानूनी व्यवस्था अनुसार सो ऐन अन्तर्गतको अपराध गरेको ठहर भएमा ५ वर्ष देखि १० वर्ष सम्मको कैद हुने प्रावधान  रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *