चार तला माथिबाट खसेका देवलाई नोबेलले बचायो

असोज २७, बिराटनगर । चार तला माथिबाट खसेर मरणासन्न अवस्थामा पुगेका धरानका देव विकलाई परिवारका सदस्यले बचाउँन सक्ने आश मारिसकेका थिए ।
शरीरका बिभिन्न भागमा गंभीर चोट लाग्नुका साथै मृगौलासमेत छेडिएर बाहिर निस्किएर २४ वर्षीय विकको अवस्था चिन्ताजनक बनेको थियो । रक्ताम्य अवस्थामा रहेका उनलाई उद्धार गरेर धरानस्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पुर्याईयो । तर, त्यहाँ उपचार हुँन नसक्ने भनेपछि परिवारका सदस्य झन अत्तालिए ।
वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको रिफरमा घोपाबाट अचेत अवस्थामा नोेबेल शिक्षण अस्पताल ल्याईएका विक उपचार पश्चात अन्ततः निको भएपछि परिवारका सदस्य हर्षित छन् ।

‘सुरुमा भाईको अवस्था देख्दा लगभग हामीले माँया मारिसकेका थियौ ।’ देवकी आफन्त गोमा खातीले भनिन् ‘धन्न अप्रेशन सफल भयो । भाई बाँच्यो, हामी सबैलाई धेरै खुशी लागेको छ ।’
नोबेल शिक्षण अस्पतालका डा.मनिस गौतम नेतृत्वको चिकित्सकहरुको टोलीले उनको शल्यक्रिया गरेको हो । ‘नोबेल ल्याईपुर्याउँदा उहाँको अवस्था धेरै जटिल थियो । तरपनि उहाँलाई अप्रेशन गरेर बचाउँँन सफल भयौ ।’ डा.गौतमले भने ।
शल्यक्रिया पश्चात विकको स्वास्थ्यमा सुधार आएको छ । मायाँ मारिसकेको मान्छेलाई नोबेलले बचाएको भन्दै उनको परिवारमा खुशीयाली छाएको छ । १३ दिनको उपचार पश्चात निको भएर बिक अहिले अस्पतालबाट घर फर्किएका छन् ।
अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएको नोबेलले जटिल र दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ ।










