सामाजिक सञ्जालले सभ्यता भत्कायोः प्रधानमन्त्री ओली

असोज २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सामाजिक सञ्जालले नेपालको सभ्यता भत्काएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।   

अन्तरहिमाली सांस्कृतिक एवं साहित्यिक सम्बन्ध प्रवर्द्धनका लागि दोस्रो चीन र दक्षिण एशिया साहित्य सम्मेलनको मङ्गलबार उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालले सभ्यतामा क्षय हुँदै गएको बताएका हुन् ।   

कार्यक्रममा उनले छिमेकी मुलुक भारत र चीनका पुराना कुरा बिर्सेर सम्बन्धको नयाँ चरणमा प्रवेश गरेको पनि स्पष्ट पार्दै आपसी सम्बन्ध सुधारेर सहकार्यमा सँगसँगै अगाडि बढ्ने बताए ।   

Image result for प्रधानमन्त्री केपी शर्मा ओली

सभ्यता, ज्ञान, खोज र संस्कृतिको जननी एशिया भएकाले यस सम्पन्नतालाई प्रवद्र्धन गर्दै आपसी सहकार्यबाट यी देशको आर्थिक समृद्धि वर्तमानको कार्यभार भएको उनको भनाइ छ ।   

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण अत्यन्तै सफल भएको र राष्ट्रपति सीले नेपाल आउनुअघि भारतको भ्रमण गरेकाले एशियाका देशहरु कस्तो नयाँ चरणको सम्बन्धको विकास गरिरहेका छन् भन्ने सन्देश दिएको उल्लेख गरे । राष्ट्रपति सीले यही असोज २५ र २६ मा नेपालको राजकीय भ्रमण गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *