नेकपा नेताहरुसँग राष्ट्रपति सीले भने– हामीले कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेका छैनौँ

असोज २६, काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल आफ्ना योजना पुरा गर्न प्रतिबद्ध रहनुपर्ने बताएका छन् ।   

नेकपाका नेताहरुसँगको सामूहिक भेटवार्तामा चिनियाँ राष्ट्रपति सीले यस्तो धारणा राखेका हुन् । साथै उनले नेपालको समृद्धि र विकासमा चीन सहयोगी बन्न सधैँ तत्पर रहेको पनि प्रतिबद्धता व्यक्त गरे ।   

त्यस्तै उनले मुलुकको नवनिर्माणमा चिनियाँ कम्युनिस्ट पार्टीको भूमिका उल्लेख गर्दै पार्टी अनुशासनमा पनि जोड दिएको भेटपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए ।   

प्रवक्ता श्रेष्ठका अनुसार सीले प्रतिकुलताका बाबजुद पनि नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी समाजवादको दिशामा नै अगाडि बताएका थिए । ‘हामीले कम्युनिस्ट क्रान्तिको आधारमा मात्र सत्ता चलाइरहेका छैनौँ । हामीले जनतालाई उपलब्धीहरु दिन नसकेको भए यो सम्भव थिएन’, सीले सामूहिक भेटमा भनेका थिए ।   

दुई कम्युनिस्ट पार्टी स्तरीय छलफलमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व पार्टी महासचिव सीले गरेका थिए भने नेकपाको नेतृत्व पार्टी अध्यक्ष प्रचण्डले गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *