मध्येराति बैठकबाटै समातिए विप्लवका दाजूसहित २१ जना नेता

असोज ३०, काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।   

पार्टीको राप्ती ब्यूरो बैठक चलिरहेका बेला प्रहरीले विप्लवका दाजुसहित बैठकमा सहभागी नेता तथा कार्यकर्ता गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।   

बुधबार राति करिब १ बजेको समयमा बैठक नेपाल भारत सीमा क्षेत्रमा पर्ने राजपुर गाउँपालिका–४ मुग्रेटाखोला नजिकै रहेको एक घरमा बसेको थियो ।   

null

पक्राउ पर्नेमा मध्यपश्चिम कमाण्डका इन्चार्जसमेत रहेका विप्लवका दाजू विरजंगसमेत रहेको बुझिएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *