एसिड आक्रमणका घाइते खड्का र खातुनलाई जनही ३ लाख दिने सरकारको निर्णय

२०७६ असोज ९ गते

असोज ९, काठमाडौं । एसिड आक्रमणकी पीडित मुस्कान खातुन र जेनी खड्काको उपचारका लागि सरकारले जनही ३ लाख रुपैयाँ दिने भएको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले एसिड पीडित खातुन र खड्काको उपचारका लागि जनही ३ लाख दिने निर्णय भएको जानकारी दिएका हुन् ।
राजधानीको कालोपुलमा चार महिनाअघि जेनी खड्कामाथि उनका श्रीमान् विष्णु भुजेलले एसिड प्रहार गरेका थिए भने प्रेम प्रस्ताव अस्विकार गर्दा एक युवकले वीरगञ्जकी १४ वर्षीय खातुनलाई एसिड प्रहार गरेका थिए । अहिले किर्तिपुर अस्पतालमा उनको उपचार भइरहेको छ ।

२०७६ असोज ९ गते
प्रतिक्रिया
सम्बन्धित